२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

आइएमई लाइफले व्यतीत बीमालेख नवीकरणमा १०० प्रतिशत छुट दिने

११ असाेज, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखमा १०० प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने कम्पनीले जनाएको छ । कम्पनीले असोज ७ गतेदेखि ३० गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ।

कम्पनीको जुनसुकै पोलिसी खरिद गरी नवीकरण नभएका बीमालेखहरु असोज ३० गतेभित्र नवीकरण गरेमा सोमा लाग्ने ब्याज छुट दिने जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १३:०३