८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

निर्जीवन बीमा कम्पनीकाे दुई महिनाकाे व्यवसाय ७ अर्बः पहिलाेमा सलिको, अन्य कुनको कति ?

११ असाेज, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दुई महिना (साउन र भदाै) मा ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ बराबरको कुल व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणकाे चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले याे अवधिमा उक्त रकम बराबरकाे व्यवसाय गरेका हुन् ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सबैभन्दा बढी व्यापार गर्ने पहिलाेमा सगरमाथा लुम्बिनी (सलिको) रहेकाे छ । कम्पनीले यस अवधिसम्म ९१ करोड ४७ हजार रुपैयाँ बराबरको व्यापार गरेको हो । त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेकाे छ । याे अवधिमा कम्पनीले ७३ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

शिखर इन्स्योरेन्सले ६६ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै, याे अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख रुपैयाँ, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सले ५५ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले ५२ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख, युनाईटेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख, प्रभु इन्स्योरेन्सले ४१ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साथै, सानिमा जिआईसी इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ,ओरिण्यटल इन्स्योरेन्सले ३२ करोड ९९ लाख र नेपाल इन्स्योरेन्सले २३ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ११:५९