४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१० असोज, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही सेयर बिक्रिमा राखेकाे छ । इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हो।

बिक्रीमा राखेकाे उक्त सेयरमा हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि ३५ दिनभित्र कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

साथै, ताेकिएकाे समयावधिसम्म बिक्रीमा राखिएकाे उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै निवेदन पेस हुन नआएमा कानुनबमोजिम अन्य संस्था, कम्पनीहरूमा उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : September 27, 2023 at 9:30 am