३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

मुक्तिनाथ सेयरधनी बचत खातामा ग्राहकले पाउछन् यी सेवा निःशुल्क

२ असाेज, काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लिमिटेड र सेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ। यो सम्झौताबमोजिमको सुविधाहरु ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकले पाउनेछन्।

उक्त सम्झौताबामोजिम बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीनवटा कम्पनी (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर कम्पनीहरु)ले दिने विभिन्न सेवासुविधा पाउन सक्नेछन्। नयाँ व्यवस्थाअनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौजदात रु. १०० मा खोल्न सकिने, निःशुल्क कनेक्ट आईपीएस रजिस्टे«सन, निःशुल्क मोबाइल बैैंकिङ र इन्टरनेट बैंकिङ, मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउनेछन्।

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज (ब्रोकर नं. ६६) र हातेमालो फाइनान्सियल सर्भिसेज (ब्रोकर नं. ७२) आबद्ध भएका छन्। सेवाग्राहीलाई ती कम्पनीबाट उपलब्ध हुने सेवाहरु भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको छ।

प्रकाशित मिति : September 19, 2023 at 2:28 pm