२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

२५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न नेको इन्सुरेन्सले बाेलायाे साधारणसभा

३१ भदाै, काठमाडाैं । नेको इन्सुरेन्स लिमिटेडले विशेष साधारणसभा बाेलाएकाे छ । भदौ २९ गते बसेकाे कम्पनी सञ्चालक समितिको बैठककाे निर्णय अनुसार कम्पनीले असोज १९ गते विशेष साधारण सभा बाेलाएकाे छ । सभा काठमाडाैंकाे नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभाले हकप्रद सेयरको हदसम्म जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागि हुन सक्नेछन् । हाल नेकोको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ । २५ प्रतिशत हकप्रद सेयर जारी हुँदा कम्पनीकाे चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १०:२६