१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

प्रदेश १ का मुख्यमन्त्री रार्इ उपचारका लागि थाइल्याण्ड प्रस्थान, सबै खर्च अाफैँ व्यहोर्ने

१६ कात्तिक, काठमाडाैँ ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार दिउँसो थाइल्याण्ड प्रस्थान गरेका छन । रार्इ नेपाल वायुसेवा निगमकै जहाज प्रयोग गर्दै थाइल्याण्ड उडेका हुन । दिउँसो २ बजे मुख्यमन्त्री राई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललबाट थाइल्याण्ड प्रस्थान गरेको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले विज्ञप्ति मार्फत जानकारी दिएका छन । रार्इले थाइल्याण्डमा उपचारका क्रममा हुने सबै खर्च अाफैँ व्यहोर्ने पनि सल्लाहकार सुवेदीले बताएका छन ।

दुई वर्षदेखि घाँटीको उपचार गराउँदै अाएका राईको रोग पत्ता नलागेका कारण थप उपचारका लागि विदेश जानुपरेको उनले बताए । दुई वर्ष देखि घाँटीको समस्स्याबाट पीडित मुख्यमन्त्री राईको वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटी लगायतका अस्पतालमा उपचार भएपनि रोग पत्ता लाग्न नसकेपछि विदेशीएका हुन ।

कात्तिक ११ को प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राईलाई उपचार गर्न विदेश जाने दिने निर्णय गरेको थियो । उहाँको थाइल्याण्डस्थित बुम्रुनग्राण्ड इन्टरनेशनल अस्पतालमा उपचार हुनेछ । मुख्यमन्त्री रार्इले सम्पुर्ण उपचार खर्च निजि हुने र नेपाल वायुसृवा निगमकै जहाज प्रयोग गरेर राष्ट्रहितमा काम गरेका छन ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १६:२९