बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो अफर
२८ भदाै, काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “Memories with Father: Share the Joy” नामक अफर सार्वजनिक गरेको छ।
भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ । सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट ९ रोमान्चक तथा भावुक० कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ ।
विजेताहरूलाई Human Fit को ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने जनाएको छ ।
प्रकाशित मिति : September 14, 2023 at 10:03 am









