१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रवि लामिछानेको कमिसन उठाउने कोर टिम सार्वजनिक, मन्त्री बनाउन तीन करोडको डिल


२५ भदाै, काठमाडाैँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको कोर टिम सार्वजनिक भएको छ । रविका लागि चन्दा उठाउने र कमिसन कुम्ल्याउने काममा संलग्नहरूको रास्वपाकै पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सार्वजनिक गरेका हुन ।

रास्वपाका नेता श्रेष्ठले स्पेश फोके टेलिभिजनको अन्तवार्तामा रविका प्रिय पात्र अमेरिकाको बाल्टिमोरमा बस्दै आएका महोनजंग थापा रविको कोर टिमका एक सदस्य रहेको सार्वजनिक गरेका हुन । थापाले मन्त्री बनाउनका लागि लागि ३ करोड डिल गरेको पनि खुलासा गरेका छन । मनोज र रवि व्यवासायिक साझेदार समेत रहेको निकटहरूले बताएका छन ।

थापा अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन । उनी रविको पार्टीका लागि पैसा संकलनका लागि केही समय नेपाल बसेका थिए । नेकपा एमालेका पूर्व नेता दुर्गाप्रसाइले रविले मन्त्री र सांसद बनाउन करोड असुल गरेको विषय सार्वजनिक गरेपछि चौतर्फी दबाबमा रविले ढाकाकुमारको सांसद खाइदिएका थिए ।

थापाले सामाखुशीको एक कफी पसलमा बसेर मन्त्री बनाउन तीन करोड रूपैयाँ मागेको बताएका हुन । समानुपातिकको सूचीमा हुँदाहुँदै पनि सामाखुशी नै बस्ने एक सांसदसँग लामिछानेले ५० लाख रूपैयाँ लिएर समानुपातिक सांसद बनाएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १९:५९