१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

कांग्रेसले अागामी निर्वाचनमा हिन्दूराष्ट्रको एजेण्डा लिएर जान्छः महामन्त्री कोइराला

१५ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अागामी निर्वाचनमा हिन्दूराष्ट्रको एजेण्डा लिएर जाने बताएका छन । पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन भन्ने टेलिभिजन कार्यक्रममा महामन्त्री कोइरालले आगामी चुनावमा हिन्दुराष्ट्रको एजेण्डा लिएर जाने बताए ।

महामन्त्री कोइरालाले धेरै पहिल्यदेखि नै हिन्दु राष्ट्रको पक्षमा लविङ गर्दै आए पनि गत चुनावमा उनले त्यसलार्इ एजेण्डा बनाउन सकेनन् । उनले भने,‘आगामी चुनावमा म हिन्दूराष्ट्रको एजेण्डा लिएर जान्छु, त्यसपछि बन्ने सरकारले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्छ ।’ उनले आगामी महाधिवेशनमा आफू सभापति बन्नेसमेत दाबी गरेका छन ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार २३:२५