१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

सङ्घीयता कार्यान्वयनको जिम्मेवारी काङ्ग्रेसको काँधमा : डा कोइराला

१५ कात्तिक, मोरङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज बुढिगङ्गा गाँउपालिकामा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने चाहना काङ्ग्रेसका पनि रहको बताउँदै तर वर्तमान सरकार जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

पूर्वमन्त्री संजय गौतमले काङ्ग्रेसभित्र रहेको आन्तरिक गुटबन्दीका कारण गत निर्वाचनमा पराजय भोग्नु परेको भन्दै नेताहरुलाई सच्चिन आग्रह गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेका मोरङ सभापति डिगबहादुर लिम्बु, प्रदेशसभा सदस्यद्वय केदार कार्की र चुमनारायण तवदारलगायतले काङ्ग्रेसमा सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार २१:०६