२७ जेष्ठ २०८१, आईतवार | Mon Jun 10 2024

समृद्धि फाइनान्सकाे समृद्धि रेमिट्यान्स धमाका, १६८ महिनामा फिक्स डिपोजिट रकम ८ गुणा


२१ भदाै, काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले समृद्धि रेमिट्यान्स धमाका योजना अघि ल्याएको छ । समृद्धि रेमिट्यान्स धमाका योजना अन्तरगर्त बचतकर्ताले न्युनतम ५०,००० देखिनै खाता खाेल्न सक्नेछन् । यस याेजनामा लगानीकर्ताले खाता खाेलि आफुले फिक्स डिपोजिट गरेकाे रकमकाे ८ गुणासम्म बढी रकम पाउन सक्नेछन् ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले समृद्धि फाइनान्सको समृद्धि रेमिट्यान्स धमाका योजनामा ६५ महिना २८ दिनमा दुइ गुणा, ८९ महिना १४ दिनमा तीन गुणा, १३४ महिनामा पाँच गुणा र १६८ महिना २१ दिनमा ८ गुणाले  बढी रकम पाउनेछन् । याे याेजनामा बचतकर्ताकाे लगानीमा दैनिक ब्याजदर गणना गरिने छ भने बचत गरेकाे रकमकाे समय अवधि समाप्ति पछि एकमुष्ट रकम भुक्तानी हुनेछ । यस याेजनामा बचतकर्ताले निक्षेपकाे ९० प्रतिशतसम्म कर्जा पाउन सक्नेछन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १४:०३