१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा स्वागत गर्ने अाेलीकाे चाहनामा चिकित्सक बाधक

१५ कात्तिक, काठमाडौँँ । अस्पतालकाे बेडमा रहेेेेका    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान दिन चिकित्सकसँग आग्रह गरेका छन् ।

चारदिने कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी आज स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रिपतिलाई स्वागत गर्न जानुपर्ने भन्दै डिस्चार्ज दिन प्रधानमन्त्री अाेलीले आग्रह गरेको उपचारमा संलग्न डा. सन्तकुमार दासले जानकारी दिएका छन ।

उनले प्रधानमन्त्री अाेलीलाई तत्काल दिन नसकिने भनेकाे र बरु  राष्ट्रपति  भण्डारीलाई नै अस्पताल बोलाउने भनेर रोकेको बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार ०९:०२