८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रिलायबल नेपाल लाइफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने

१५ भदाै, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने भएको हो । उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १५:३६