९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

गरिमा विकास बैंकको ३ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा,क-कसले किन्न पाउँछन् ?

१४ भदाै, काठमाडाैं । गरिमा विकास बैंकले केही सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता सेयर बिक्रीमा राखेकाे हाे। बिक्रीमा राखिएकाे उक्त सेयरमा संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बैंकले साे सेयर यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो। तर, तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीहरुले केही सेयरमा मात्र  आवेदन दिएका हुनाले बाँकी सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

साे सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडाैंकाे लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि सम्पर्क गर्नुपर्नेछ। संस्थापक सेयरधनीले बिक्री गर्न चाहेको सेयर संख्या र दरका विषयमा बैंकको केन्द्रीय कार्यालयमै सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : August 31, 2023 at 10:52 am