५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

समस्याग्रस्त १३ सहकारीहरुको विवरण सार्वजनिक (सूचीसहित)


१३ भदाै, काठमाडाैं ।  सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषित १३ वटा सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको हाे ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी २०७५ साल असार १८ गते एकैदिन ९ वटा सहकारी समस्याग्रस्त घाेषणा गरिएको पाइएको छ। त्यस्तै, विभागले २०७४ कात्तिक २० गते एउटा, २०७५ फागुन १९ गते एउटा, २०७६ साउन १२ गते एउटा र २०८० साउन १ गते  सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १४:१९