१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

प्रदेश १ योजना आयोगको उपाध्यक्षमा मानव अधिकारकर्मी प्याकुरेल नियुक्त

१४ कात्तिक, विराटनगर । प्रदेश १ सरकारले प्रदेशमा योजना निर्माणका लागि प्रादेशिक योजना आयोग गठन गरेको छ ।अाज बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा मानव अधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

आयोगको सदस्यमा मिना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । हाललाई तीन सदस्यीय समिति रहेको आयोगमा दुई जना सदस्य थप गरिने मन्त्री कार्कीले जानकारी दिए । मन्त्रिपरिषद वैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रदेश १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययतासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ स्वीकृति दिने निर्णय समेत गरेको जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १४:५७