८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एडिलेडमा जारी पुल प्रतियोगितामा रोहित पुन बिजयी

एडिलेड एडिलेडमा जारी थ्रिकेजी पुल प्रतियोगीमा रोहित पुन बिजयी भएका छन्

प्रतियोगितामा बिजेन शाही उप विजेता भए भने मोहन गुरुङले तेस्रो स्थान हासिल गर्न सफल भए फाइनल खेलमा पुनले ले जितहासिल गरेका थिए भने तेस्रो स्थानका लागि भएको खेलमा गुरुङले मा जित हासिल गरेका थिए

बिजयी खेलाडीहरुलाई एनआरएनए अष्ट्रेलियाका नव निर्वाचित उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, साउथ अष्ट्रेलियाका युवा संयोजक सरोज बम आयोजक थ्रिकेजी इभेन्टका निर्देशक खुम घलेले पुरस्कार वितरण गरेका थिए

जसमा बिजेतालाई अष्ट्रेलियन डलर एक हजार, कप, मेडल प्रमाण पत्र, उप विजेतालाई अष्ट्रेलियन डलर चार सय, कप, मेडल प्रमाण पत्र, तेस्रा हुनेलाई अष्ट्रेलियन डलर दुई सय , कप, मेडल प्रमाण पत्र प्रदान गरिएको थियो

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष पुरीले यस्ता प्रतियोगिताहरुले यहा रहेका नेपाली मुलका खेलाडीहरुलाई हौसला प्रदान गर्ने स्थानिय स्तरमा हुने अन्य खुल्ला प्रतियोगिताहरुमा समेत सहभागी भएर जित हासिल गर्न सहयोग पुग्ने बताए

आयोजक थ्रि केजी ईभेन्टका निर्देशक घलले नेपालमा युवा माझ लोकप्रिय रहेको पुलको प्रतियोगिता मार्फत साउथ अष्ट्रेलियामा रहेकाप्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता गर्दै आएको बताए

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १३:३४