९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

एडिलेडमा जारी पुल प्रतियोगितामा रोहित पुन बिजयी

एडिलेड । एडिलेडमा जारी थ्रिकेजी पुल प्रतियोगीमा रोहित पुन बिजयी भएका छन् ।

प्रतियोगितामा बिजेन शाही उप विजेता भए भने मोहन गुरुङले तेस्रो स्थान हासिल गर्न सफल भए । फाइनल खेलमा पुनले ३–१ ले जितहासिल गरेका थिए भने तेस्रो स्थानका लागि भएको खेलमा गुरुङले २–० मा जित हासिल गरेका थिए ।

बिजयी खेलाडीहरुलाई एनआरएनए अष्ट्रेलियाका नव निर्वाचित उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, साउथ अष्ट्रेलियाका युवा संयोजक सरोज बम र आयोजक थ्रिकेजी इभेन्टका निर्देशक खुम घलेले पुरस्कार वितरण गरेका थिए ।

जसमा बिजेतालाई अष्ट्रेलियन डलर एक हजार, कप, मेडल र प्रमाण पत्र, उप विजेतालाई अष्ट्रेलियन डलर चार सय, कप, मेडल रप्रमाण पत्र, तेस्रा हुनेलाई अष्ट्रेलियन डलर दुई सय , कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष पुरीले यस्ता प्रतियोगिताहरुले यहा रहेका नेपाली मुलका खेलाडीहरुलाई हौसला प्रदान गर्ने रस्थानिय स्तरमा हुने अन्य खुल्ला प्रतियोगिताहरुमा समेत सहभागी भएर जित हासिल गर्न सहयोग पुग्ने बताए ।

आयोजक थ्रि केजी ईभेन्टका निर्देशक घलले नेपालमा युवा माझ लोकप्रिय रहेको पुलको प्रतियोगिता मार्फत साउथ अष्ट्रेलियामा रहेकाप्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता गर्दै आएको बताए ।

प्रकाशित मिति : August 30, 2023 at 1:34 pm