१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

दसौँ ‘नेपाल भर्चुअल एजु फेयर’ सुरु

१२ भदाै, काठमाडाैं । नेपाल भर्चुअल एजुकेसन प्रालिले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आजबाट नेपाल भर्चुअल एजु फेयर’ सुरु गरेको छ।स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङलगायतका विभिन्न विभागकायका प्रोग्राम सञ्चालन गरेका कलेजहरुले भर्चुअल एजु फेयरमार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् भने स्नातक तहमा पढ्ने तयारी गरेका, प्लस २ पास भएका विद्यार्थीले कुन प्रोगाम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसी–बसी भर्चुअल टुर मार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन्।

यसका साथै नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीले विभिन्न कलेजमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्तिसमेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको कुरा नेपाल भर्चुअल एजु फेयर सञ्चालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार विगतका वर्षहरुमा आर्थिक रुपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौँ विद्यार्थीले एजु फेयरको सहयोगवाट छात्र वृत्ति प्राप्त गर्न सकेका थिए।

प्रकाशित मिति : August 29, 2023 at 4:38 pm