१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

प्रधानमन्त्री अोली तन्दुरूस्त, अस्पतालबाटै सुरू गरे सरकारको काम, तीन मन्त्रीसँग बैठक

१४ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा अोली तन्दुरूस्त भएका छन । अोली तन्दुरूस्त भएपछि अस्पतालबाटै सरकारको काम सुरू गरेका छन । यही क्रममा प्रधानमन्त्री अोलीले बुधबार बिहान तीन मन्त्रीसँग सामूहिक बैठक समेत गरेका छन ।

बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र उर्जमन्त्री वर्षामान पुनः अनन्नत सहभागी भएका थिए । प्रधानमन्त्री अोलीको उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले अोलीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताए । उनले भने ‘प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ ।’

अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा हरेक घण्टा सुधार देखिएको बताए । एन्टिवायोटिकको कोर्ष एक/दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्रीलाई दिएको उनले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ११:३८