साउनमा निर्जीवन बीमा व्यवसाय: सलिकाे पहिलो, अन्य कुन कम्पनीले कति गरे व्यवसाय ?
११ भदाै, काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीले कुल २ लाख १३ हजार ८०३ वटा बीमालेख जारी गरी सो बराबरको व्यवसाय गर्न सफल भएका हुन् । चालु आर्थिक वर्षको पहिलो महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सबैभन्दा बढी व्यवसाय गरेकाे छ । कम्पनीले साउन महिनामा ५५ करोड १५ लाख ७० हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हाे ।
त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रहेकाे छ । कम्पनीकाे याे अवधिमा ४२ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ। कम्पनीले ४३ करोड ३७ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ ।
शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २९ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोडले २६ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँ, एनएलजीले २४ करोड ८ लाख रुपैयाँबीमा शुल्क आर्जन गरेका छन् ।
साथै, नेसनल इन्स्योरेन्सले १९ करोड ६० लाख रुपैयाँ, सानिमा जीआईसीले १७ करोड ८८ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १६:५२