२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

सुजुकीले नेपालमा सुरु गर्यो जिम्नीको डेलिभरी

११ भदाै, काठमाडाैं । नेपालका लागि सुजुकी ब्रान्ड चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिंग्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीटी मोटोकर्प तथा सीजी नेक्स्टजेनले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपालभरिका शोरुमबाट सुरु गरेको छ।

जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडीमध्ये एक हो। ट्रु अफ–रोड एसयूभी जिम्नीले ५० वर्षभन्दा बढीको विरासतको गर्व गर्दछ। सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो। जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ। यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सका साथ डिजाइन गरिएको छ।

यो एसयूभी एक समर्पित उन्नत ४डब्ल्यूडी प्रणाली, अल ग्रिप प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र ३ लिंक रिजिड एलेक्स सस्पेन्सनजस्ता अफ–रोड सुविधा समावेश गरिएको छ। अफ–रोड बाटोका लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधा समावेश गरिएका छन्।

कम्पनीका अनुसार ५–ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसका कारण यसको वेटिङ पिरेड पनि निकै लामो छ। यो नेपाली ड्राइभिङ कन्डिसनका लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले कम्पनीले नेपालमा छिटो उपलब्ध गराउन जानकारी गराएको थियो। ‘जसको नतिजा हामीले भारतमा भन्दा कम वेटिङ पिरेडमा पहिलो ब्याच डेलिभर गरेका छौँ। हामी विश्वस्त छौँ कि नेपाली ग्राहकले नयाँ जिम्नीसँग नयाँ अनुभव सिर्जना गर्नेछन्। त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी–केन्द्रित गतिविधिहरु पनि निकट भविष्यमा लन्च गर्नेछ’, कम्पनीले भनेको छ।

प्रकाशित मिति : August 28, 2023 at 2:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/