अस्पतालको बेडबाटै प्रधानमन्त्री अोलीको सन्देशः समृद्ध नेपालको साझा सपना पूरा गर्नेछु
१३ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू छिट्टै अस्पतालबाट फर्किएर समृद्ध नेपालको साझा सपना साकार पार्न सक्रिय हुने बताएका छन्।
महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री अाेलीले मंगलबार साँझ अस्पतालको बेडबाटै विज्ञप्ति जारी गर्दै चिकित्सकले दिएकाे जानकारी अनुसार अाफू छिट्टै अस्पतालबाट फर्किने उल्लेख गरेका छन् । माैसमी रूधाखाेकी र त्यसबाट हुन सक्ने संक्रमणकाे राेकथापकाे लागि प्रधानममन्त्री अाेली हिजाेदेखि अस्पतालमा भर्ना भएका हुन्।

उनले अाफ्नाे स्वास्थकाे बारेमा सामाजिक सञ्जाल र केही अनलाइनमा गरिएकाे अाधारहिन प्रचार प्रति दु:ख ब्यक्त समेत गरेका छन् । उनले भनेका छन “चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ”प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन “विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ”
सन्देश यस्तो छ
प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभएको छ “सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”
प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको उल्लेख गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफू संवेदनशिल भएको उल्लेख गर्नु भएको छ । “ धर्म, संस्कृतिको नाममा होस वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभएको छ “ यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानून बमोजिम कार्वाही गर्छ ।”
दङ्गा, हुल हुज्जत र हिंसाबाट सामाजिक सदभाव विथोल्ने कार्यले सुशासनलाई विथोल्ने प्रधानमन्त्री ओलीको धारणा छ । शान्ति सुव्यवस्था भङ्ग गर्ने यस्ता अपराधिक कार्यबाट समृद्धिको महाअभियान विथोलिने र विकासको मार्ग भत्किने तर्फ पनि प्रधानमन्त्री ओलीले सबैलाई सचेत गराउनु भएको छ ।
आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्टकपति,उपराष्ट्रपति,दलका नेता, संवैधानिक अंग विदेशी कुटनीतिक नियोग,कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्वयाद ज्ञापन गर्दै आफ्नो सन्देशमा भन्नुभएको छ “मेरो स्वास्थ्यप्रति यहाँहरु सबैले देखाउनु भएको चिन्ता तथा शीघ्र स्वास्थ्य लाभको कामनाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । ”

प्रकाशित मिति : 18:04









