३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

सिरहाको बिष्णुपरकट्टीमा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित

८ भदाै, काठमाडौं । नेकपा एमालेले भोलि शनिबार सिरहाको बिष्णुपरकट्टीमा बोलाएको सचिवालय बैठक स्थगित भएको छ। भोलि सिरहाको बिष्णुपरकट्टीमा बस्ने भनिएको बैठक स्थगित भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरेको उनले बताए। अर्को बैठकको मिति चाँडै तय गर्ने उनले जानकारी दिए ।

नेकपा (माले)द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ३४ वर्षपछि त्यही स्थानमा एमाले सचिवालय बैठक डाएिको थियो।२०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिनसम्म चौथो महाधिवेशन भएको थियो। उक्त झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिव चयन गरेको थियो। त्यसअघि ०३९ सालमा मालेको महासचिवमा सीपी मैनालीलाई बिदा गर्दै खनाल चयन भएका थिए।

कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले)ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म विष्णुपुरकट्टी, सर्रे अम्बासमा चौथो राष्ट्रिय महाधिवेशन गरेको थियो।

प्रकाशित मिति : 15:59