१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

ग्लोबल आइएमई र बीओके क्यापिटलकाे एकीकृत कारोबार सुरु

५ भदाै, काठमाडाैं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताका रुपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेकोतर्फ जोड दिए।

कार्यक्तममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पूँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा स्थापित भएकोमा सोहीअनुरुप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए ।

ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा भएको  कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलगायत बैंकका कर्मचारी, नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो।

प्रकाशित मिति : August 22, 2023 at 2:51 pm