१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

श्रृजनशील लघुवित्त नाफा १ करोड ११ लाख, प्रतिसेयर आम्दानी कति ?

५ भदाै, काठमाडाैं । श्रीजनशील लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० चौथौ त्रैमासम्ममा १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेकाे छ ।  अघिल्लो वर्षकाे यही अवधिसम्म संस्था ४७ लाख ४९ हजार रुपैयाँले घाटामा थियो।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १ करोड ५८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्षकाे यही अवधिसम्म संस्थाले ८४ हजार सञ्चालन घाटा व्यहोरेको थियो। लघुवित्तले गत आर्थिक वर्षमा ८६ लाख ७९ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ।

संस्थाको खुद ब्याज आम्दानी १९.२८ प्रतिशतले घटेर १२ करोड ५१ लाख रुपैयाँ खुम्चिएको छ। समीक्षा अवधिसम्म संस्थाले १ अर्ब २३ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ०.१९ प्रतिशतले बढेर १० करोड ३३ लाख रुपैयाँको भएको छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ १८ पैसा रहेकाे छ। पीई रेसियो ११६.६० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ५१ पैसा छ ।

प्रकाशित मिति : August 22, 2023 at 12:22 pm