८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

चालु खाता ७२ अर्ब १६ करोडले घाटामा, शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा

१ भदाै, काठमाडाैं । मुलुकको चालु खाता ७२ अर्ब रुपैयाँ बढीले घाटामा रहेकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु. ७२ अर्ब १६ करोडले घाटामा रहेको हो। अघिल्लो वर्ष चालु खाता रु. ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ। समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई रु. ७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ५ अर्ब ९६ करोड कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. १८ अर्ब ५६ करोड रहेको थियो।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु. २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको राष्ट्र बैंकले तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १३:५२