१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

जीवन विकास लघुवित्तको नाफा ५० प्रतिशतले घट्यो, ईपीएस कति ?

३२ साउन, काठमाडाैं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४० करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५०.०९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८१ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ५०.०९ प्रतिशतले घटेर ५७ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्षकाे यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १ अर्ब १५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ०.०४ प्रतिशतले घटेर १ अर्ब ४९ करोड रुपैयाँ भएको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने २६ करोड ३२ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.९१ प्रतिशतबाट बढेर २.३९ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेर ३७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ सञ्चित छ। संस्थाले चौथो त्रैमाससम्म १० अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३४ रुपैयाँ २८ पैसा कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६८ रुपैयाँ ६९ पैसा थियो। पीई रेसियो ४६.६८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ  २६३ रुपैयाँ ७ पैसा रहेको छ।

प्रकाशित मिति : August 17, 2023 at 1:06 pm