राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क र नाफा दुबै बढ्यो, प्रतिसेयर आम्दानी कति ?
३२ साउन, काठमाडाैं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलानामा ६३.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
याे अवधिसम्म कम्पनीले कम्पनीको खुद बीमाशुल्क ७.७४ प्रतिशतले बढेर ३७ करोड २१ लाख रुपैयाँ पुगेकाे छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३४ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकाे थियाे ।
समीक्षा अवधिसम्म कम्पनीको पुनर्बीमा कमिसन आय २० करोड ५७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट आय १६ करोड ७२ लाख रुपैयाँ रहेको छ। कम्पनीको खुद दाबी भुक्तानी ८९.६६ प्रतिशतले बढेर ७ करोड ६३ लाख रुपैयाँ भएको छ।
चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ११.४१ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ अर्ब ३८ करोड रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २८९ रुपैयाँ ७३ पैसा, पीई रेसियो ५५.५६ गुणा र प्रतिसेयर नेटवर्थ १५१४ रुपैयाँ ४७ पैसा रहेकाे छ।
प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १२:०७