८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रभु इन्स्योरेन्सको खुद नाफा २९.७६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

३१ साउन, काठमाडाैं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २९.७६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको साेही अवधिमा कम्पनीले १८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

याे अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ३३.२८ प्रतिशतले बढेर ६३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत १९ करोड ९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ रहेकाे छ ।  इन्सुरेन्सको वार्षिक प्रतिसेयर आम्दानी १८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १३:२६