३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनशन बस्छुः सांसद शर्मा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा शर्माले आफूले सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुख दिएको भन्दै प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : 15:23