९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रामनगर समुदायिक हस्पिटलमा विशेष छुट

२८ साउन, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल प्रालिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले रामनगर समुदायिक हस्पिटलका विभिन्न सेवामा विशेष २०%सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित मिति : August 13, 2023 at 1:30 pm