८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३६ अर्ब ६२ करोड

२८ साउन, काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। इन्स्योरेन्स कम्पनी सार्वजनिक गरेकाे वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ३६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो।

याे अवधिमा  कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।  कम्पनीकाे पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख रुपैयाँ रहेको छ।

यो अवधिसम्म कम्पनीले १५ अर्ब ४३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १४ अर्ब १६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ  रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ भने महाविपत्ती कोषमा ८९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ २२ पैसा रहेको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ ३० पैसाले ऋणात्मक थियो। पीई रेसियो ९०.५५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.८४ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार १०:३८