५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

खण्डहर बन्दै भृकुटी कागज कारखाना

२६ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेड खण्डहर बन्दै गएको छ । पूर्णरुपमा बन्द भएको ११ वर्षसम्म पनि उद्योगको उचित व्यवस्थापन हुन नसक्दा अर्बौँको सम्पत्ति खण्डहरमा परिणत भएको हो ।

यस कारखानामार्फत नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यसहित विसं २०३९ सालमा चीन सरकारले निर्माण सुरु गरेर विसं २०४४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

सरकारले केही वर्ष सञ्चालन गर्दा कागज कारखाना निरन्तर घाटामा गएको भन्दै निजीकरण गरिएको थियो । सरकारले विसं २०४९ पुस २० गते भृकुटी कागज कारखाना गोल्छा अर्गनाइजेसनलाई बिक्री गरेको थियो । निजीकरण गरिएपछि विसं २०६७ फागुनसम्म निरन्तर सञ्चालनमा रहेको उद्योग विसं २०६९ पुसबाट पूर्णरुपमा बन्द भयो ।

उद्योग पूर्णरुपमा बन्द भएपछि यहाँ कार्यरत तीन सय ३३ जना श्रमिकले अझैसम्म ज्याला पाएका छैनन् । उद्योगका भौतिक संरचना काम नलाग्ने भएर बिग्रिएका छन् । भवनका छानो कुहिएर खसेका छन् भने उद्योगको पर्खालसमेत भत्किउका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १८:११