२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

कृषि विकास बैंकले सञ्चालन ल्यायाे ईन्सटान्ट पेमेन्ट अडियो एलर्ट डिभाईस

१९ साउन, काठमाडाैं  । कृषि विकास बैंकले क्यूआर पेमेन्ट्सका लागि ईन्सटान्ट पेमेन्ट अडियो एलर्ट डिभाईस सञ्चालनमा ल्याएको छ ।बैंकका सेवा सुविधाहरुलाई सुचना प्रविधिमैत्री बनाई अत्याधुनिक बैकिंग सेवाको विस्तार एवं सेवा प्रवाहलाई छिटो, छरितो,गुणस्तरयुक्त तथा भरपर्दो बनाउने अभिप्रायलाई आत्मसात गर्दै बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवा शुरुवात पछि अडियो एलर्ट डिभाईसमा रहेको क्यू आर कोड मार्फत आफ्ना ग्राहकहरुले भुक्तानी गरेपछि सो भुक्तानीको सूचना मर्चेन्टले एसएमएस तथा ईमेलको अलावा आवाजवाट पनि भुक्तानीको जानकारी पाउनेछन् ।

नेपाल क्लियरिगं हाउस  (NCHL) संगको सहकार्यमा नेपाल पे क्यूआर कोड नेटवर्कमा आवद्ध मर्चेन्टहरुले यो सुविधा प्राप्त गर्नेछन् । बैंकले ल्याएको यस सेवावाट हाल नेपाल पे क्यूआर कोड नेटवर्कमा आवद्ध मर्चेन्टहरुमार्फत भुक्तानी भएको जानकारी आवाजबाटै तत्काल पाउनेछन् । यसवाट डिजिटल भुक्तानीमा ग्राहकहरुको विश्वसनीयतामा अभिवृद्धि हुने तथा डिजिटल भुक्तानी प्रणाली थप सुरक्षित हुने अपेक्षा बैंककाे रहेकाे छ ।

कृषि क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिने अभिप्रायले कृषिको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग पुर्याउने उद्धेश्यले स्थापित यस बैंकले हाल कृषि क्षेत्रको विकासमा योगदानका अलावा नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्र प्राप्त गरी मुलुकभर २८५ भन्दा शाखाहरुवाट ग्राहकहरुलाई “क”वर्गको बैंकले प्रदान गर्ने सम्पुर्ण अत्याधुनिक सेवा सुविधा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : August 4, 2023 at 12:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/