मन्त्रिपरिषद् बैठक पेपरलेस भएपछि पहिलाेपटक सिंहदरबार बाहिर अाज बैठक बस्दै
११ कात्तिक, काठमाडौँँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे छ । अहिले ३ बजे बालुवाटारमा बैठक सुरु हुने प्रधानमन्त्री अाेलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । मन्त्रिपरिषद् पेपरलेस भएपछि पहिलाे पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भन्दा बाहिर बस्न लागेकाे हाे ।
केही महिनाअघि मन्त्रिपरिषद् बैठकलाई पेपरलेस बनाईएकाे थियाे । प्रेस सल्लाहकार डा अर्यालले विज्ञप्ति जारी गर्दै केही दिन प्रधानमन्त्री अाेलीले सार्वजनिक कार्यक्रममा सहभागिता नजनाउने बताएका छन ।
प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार १५:००