२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो छ ? राष्ट्र बैंकले जारी गर्याे यस्ताे सूचना

१६ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए दर्ता गर्न राष्ट्र बैंकको आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

राष्ट्र बैंकले जारी गरेकाे वित्तीय चेतनामा भनिएकाे छ , ‘बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका वा लिन चाहेका ग्राहकको हित संरक्षणको लागि प्रत्येक संस्थामा गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने व्यवस्था गरिएको छ भने नेपाल राष्ट्र बैंकमा समेत अलग्गै महाशाखा स्थापना गरिएको छ ।’

यस महाशाखाले वित्तीय ग्राहकको गुनासो व्यवस्थापन गर्दै आएको छ र गुनासोको प्रकृति अनुसार नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नरको अध्यक्षतामा गठित व्यवसायी, बैंकर तथा नेपाल सरकार, अर्थमन्त्रालयसमेतको प्रतिनिधित्व रहेको गुनासो व्यवस्थापन समितिमार्फत इजाजतपत्रप्राप्त संस्थालाई आवश्यकताअनुसार निर्देशनसमेत दिने गरिएको सूचनामा उल्लेख छ।

‘बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए लहैलहै वा बहकाउमा नलागौँ’, सूचनामा भनिएको छ, ‘सोको यथोचित व्यवस्थापनका लागि समयमै गुनासो दर्ता गरी स्थापित संस्थागत संरचनाप्रति समस्या समाधानको पहल गर्नुपर्दछ।’

प्रकाशित मिति : August 1, 2023 at 11:38 am