७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यी बैंकले दिन्छन् कम ब्याजमा घर कर्जा

१५ साउन, काठमाडाैं । सधैँ अरुको घरमा डेरा गरी बस्ने चाहना कसैको पनि हुँदैन। हरेक मानिसलाई आफ्नै घर बनाउने चाहना हुन्छ । तर आफ्नै घर बनाउने चाहानाले मात्रै सपना कसैकाे पनि पुरा हुँदैन् ।

अधिकांशले पैसाकै कमीका कारण आफ्नै घर बनाउने सपना पूरा गर्न सक्दैनन्। यदि तपाइँ पनि आफ्नै घर बनाउने सपना पूरा गर्न चाहनुहुन्छ भने पैसा महत्वपूर्ण हुन्छ। पर्याप्त लगानीको अभावमा कतिपयले चाहेर पनि घर बनाउन सकिरहेका हुँदैनन् । त्यसैले ऋण अर्थात कर्जा लिएर घर बनाउनु उत्तम विकल्प हुन सक्छ ।

यसका लागि कुन बैंकले सबैभन्दा कम ब्याजदरमा कर्जा दिन्छन् भन्ने जान्नु जरूरी हुन्छ । वाणिज्य बैंकहरुमध्ये पनि पाँचवटा बैंकले कम ब्याजदरमा कर्जा दिने गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने छन् । वाणिज्य बैंकले दुई प्रकारका कर्जा योजना सञ्चालन गरेको छ । होम लोन(नेपाली सेनाका लागि) र योर आउन होम लोन शीर्षकका योजना राष्ट्रिय वाणिज्य बैंकले सञ्चालन गरेको छ ।

बैंकका अनुसार सेनाका लागि ८.३४ र २० वर्षका लागि योर आउन होम लोन योजनामा ९.७७ देखि १०.५२ प्रतिशत ब्याज लिने छ । यो योजनाका लागि ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ ।

त्यसैगरि, नबिल बैंकले घर कर्जाका लागि ९.५२ देखि १४.५२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले होम लोन शीर्षकमा ९.५७ देखि १४.५७ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । यसका लागि ०.७५ प्रतिशत प्रोसेसिङ फि लिने बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले ९.९२ प्रतिशतदेखि १४.४२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । यो योजना लिनका लागि ०.७५ प्रतिशत प्रोसेसिङ फि लाग्ने बैंकले जनाएको छ ।

त्यस्तै सिद्धार्थ बैंकले अफर रहेको भन्दै होम लोन शीर्षक अन्तर्गत ११. ७५ प्रतिशत ब्याज तोकेको छ ।  साथै, सिद्धार्थ बैंकले सीमित अवधिका लागि भन्दै १०.९९ प्रतिशत ब्याजमा विशेष घरकर्जा सुविधा ल्याएको जनाएको छ ।पहिलो ७ वर्षका लागि ब्याजदर स्थिर हुने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १७:०२