१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल रेमिट र अमान एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स सम्झौता, अब कुवेतबाट पैसा पठाउन झनै सहज

१५ साउन, काठमाडाैं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र कुवेतको अमान एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यससँगै कुवेतमा रहेका नेपालीलाई नेपाल रेमिटमार्फत नेपालमा रेमिट्यान्स पठाउन अझ सहज भएको छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्सचेन्ज कम्पनी डब्ल्यूएलएलका तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेलले हस्ताक्षर गरेका छन्।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘कुवेतको प्रमुख रेमिट्यान्स कम्पनी अमान एक्सचेन्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ। कुवेतमा रहनुभएका नेपानीले अबदेखि सहजै नेपाल रेमिटमार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्नुहुनेछ।’

नेपालको पुरानो र विश्वसनीय नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्र्याउँदै आएको छ।

यसका साथै नेपाल रेमिटका नेपालभर रहेका हजारौँ रेमिट्यान्स एजेन्ट नेटवर्कमार्फत समेत सहजै रेमिट्यान्स प्राप्त गर्न सक्नेछन्। नेपाल रेमिटले हरेक समय विश्वका अग्रणी रेमिट कम्पनीहरुसँग र नेपालका बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै नेपालमा रेमिट्यान्समार्फत देशको अर्थतन्त्र सुदृढीकरणमा थप टेवा पुग्ने नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए।

अमान एक्सचेन्ज कम्पनी कुवेतको एक अग्रणी एक्सचेन्ज कम्पनी हो। १६ सेप्टेम्बर १९७९ मा स्थापना भएको यो कम्पनीले कुवेतभर फैलिएका शाखाका साथै प्राविधिक रुपमा उन्नत प्लेटफर्महरुमार्फत मुद्रा स्थानान्तरण र मुद्रा विनिमय सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : July 31, 2023 at 4:01 pm