१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

साउनको महिनामा आइएमई पेमा आयो नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’

१५ साउन, काठमाडाैं । आइएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ। यो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ। यस अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको रु. ५ हजारको भौचर प्रदान गरिनेछ।

यो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरि कम्तीमा एकपटक आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ। अफर अन्तरालभरि प्रत्येक ५ दिनपश्चात गोला प्रथामार्फत २ जना विजेता छनौट गरिनेछ। विजेताको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने कम्पनीले जनाएको छ। सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

विजेताले प्रिटी क्लिकमा गएर उक्त भाउचरको प्रयोग गर्न सक्ने छन्। यो अफर आइएमई पेका महिला सेवाग्राहीका लागिमात्र मान्य रहेको छ।

प्रकाशित मिति : July 31, 2023 at 12:35 pm