९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइयाे

१४ साउन, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँगको भेटवार्तामा संवैधानिक परिषदको बैठक बोलाउनेबारे छलफल गरेका थिए ।त्यसपछि प्रधानमन्त्रीले मंगलबार अपराह्न ४ बजे बस्ने गरी संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकासमा जाँदै छन्। मंगलबार बस्ने बैठकमा भावी प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने बताइएकाे छ ।

प्रकाशित मिति : July 30, 2023 at 6:03 pm