२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

१४ साउन, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । जनकपुरधाममा आइतबार एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरको घोषणा गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन्। एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहने सहमति पनि भएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए । मधेसवादी नेताहरुले  जनकपुर जान नदिनका लागि  प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए ।

चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको बताए । एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : July 30, 2023 at 4:54 pm