प्रधानमन्त्री अोलीको स्वास्थ्य अवस्था सामान्य, अाजबाट नियमित काममा
११ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोली अाजबाट नियमित काममा निस्कने भएका छन । सामान्य रुघाखोकी, भाइरल ज्वरोले बिरामी भएका अोलीले निजी चिकित्सकद्धय डा दिव्या सिंह र डा प्रदीप शर्माको सल्लाहमा शनिबार दिउँसभर बालुवाटारमै बसेर अाराम गरेका थिए ।
पार्टीले अायोजना गरेको चियापान कार्यक्रममा समेत शनिबार उपस्थित नभएका अोली चिकित्सककै सल्लाहमा बालुवाटारमा बसेको प्रधानमन्त्री अोलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । उनले प्रधानमन्त्री अोलीलार्इ ठूलो जमघट र धुलोबाट बच्न चिकित्सकले सुझाव दिएकाले अाराममा बसेको बताए । डा अर्यालका अनुसार प्रधानमन्त्री अोलीले अाजबाट राजनीतिक भेटघाटसँगै मन्त्रिपरिषद् बैठकमा समेत सहभागिता जनाउनेछन ।
प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार ०९:३३