१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

प्रधानमन्त्री अोलीले अाज राजपासँग छलफल गर्दै

११ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अाज राष्ट्रिय जनता पार्टीको मागका विषयमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग छलफल गर्ने भएका छन । राजपाका विभन्न मागलार्इ केन्द्रमा राखेर प्रधानमन्त्री अोलीले अाज छलफल गर्न लागेका हुन ।प्रधानमन्त्री ओलीले संयोजक ठाकुरसँग समसामयिक राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा छलफल गर्नेछन् ।

राजपालाई सरकारमा ल्याउने विषयमा पनि भेटका क्रममा छलफल हुने बताइएको छ । राजपाले संविधान संशोधन र फौजदारी अभियोग लगाइएका निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार ०९:३१