१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

कांग्रेसको कोषमा भ्रष्टाचार ! महामन्त्रीले चेकमा हस्ताक्षर गर्न बोलाउँदा कोक्षाध्यक्ष गइनन्

११ कात्तिक, काठमाडाैँ । क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकालेर अपारदर्शी रूपमा खर्च गरेको अाजको नयाँपत्रिका दैनिकमा रमेश सापकोटाले समाचार लेखेका छन । 

यसअघि निकालिको डेढ करोडको खर्च अपारदर्शी भएको कोषाध्यक्षको गुनासोकै बीच दशैंमा ५० लाख निकालिएको छ । महामन्त्रीले घरमै बोलाएर चेकमा हस्ताक्षर गर्न गरेको आग्रह कोषाध्यक्षले नमानेपछि उनले आफैं हस्ताक्षर गरेर रकम निकालेका छन् । यसरी कोषमा मनपरी गरेपछि कोषाध्यक्ष यादवले पदाधिकारी बैठकमै गुनासो गरेकी छन् ।

कांग्रेसमा खाता सञ्चालनका लागि कोषाध्यक्षसहित महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर चल्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार ०९:१८