१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

किन्ने हाेइन त ? २६२ रुपैयाँमा सर्वसाधारणका लागि सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा

१२ साउन, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको आज साउन १२ गतेबाट लिलामी प्रक्रियामार्फत सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ८५ हजार ९४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे ।

बिक्रीमा राखिएको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६२ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूका साथै, सर्वसाधारण र अन्य जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि साउन १८ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।लगानीकर्ताले थापाथलीस्थित एनआईसी एसिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत)मा खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ११:०३