१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

चिकित्सकको सल्लाहमा बालुवाटारमै अाराम गरिरहेका अोली अाजबाट नियमित काममा निस्कने

११ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोली अाजबाट नियमित काममा निस्कने भएका छन । सामान्य रुघाखोकी, भाइरल ज्वरोले बिरामी भएका अोलीले निजी चिकित्सकद्धय डा दिव्या सिंह र डा प्रदीप शर्माको सल्लाहमा शनिबार दिउँसभर बालुवाटारमै बसेर अाराम गरेका थिए ।

पार्टीले अायोजना गरेको चियापान कार्यक्रममा समेत शनिबार उपस्थित नभएका अोली चिकित्सककै सल्लाहमा बालुवाटारमा बसेका हुन । अोलीको सचिवालयले दिएको जानकारी अनुसार अाइतबार मन्त्रिपरिषद् बैठक समेत रहेकाले उनी अाजबाट सिंहदरबार जानेछन ।

 

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार २१:०८