८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एलआईसी नेपालकाे साधारणसभा बस्ने समय परिवर्तन, अब कति बजेबाट सुरु हुन्छ ?

१० साउन, काठमाडाैं । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले साधारण सभा बस्ने समय परिवर्तन गरेको छ । कम्पनीकाे सञ्चालक समितिको साउन १७ गते अपराह्न ४ बजे आफ्नो २० औँ वार्षिक साधारणसभा बाेलाएकाे थियाे ।

तर कम्पनीले आज एक सूचना प्रकाशित गरी समय परिवर्तन गर्दै वार्षिक साधारणसभाको साेही दिन मध्याह्न १२ः१५ बजे सुरु हुने जानकारी गराएको हो। साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा हुनेछ ।

सभाले कम्पनीको हालय कायम पुँजी संरचनामा संस्थापक र साधारण सेयरको ७०ः३० अनुपातलाई परिवर्तन गरी ६५ः३५ प्रतिशत कायम गर्न संस्थापक सेयरलाई साधारणसभा सेयरमा परिणत गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन हुनेछ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १५:५७