रिलायन्स फाइनान्सको सीईओमा समाज प्रकाश श्रेष्ठ नियुक्त
१० साउन, काठमाडाैं । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन्। साउन ९ गते बसेको सञ्चालक समितिको बैंठकले सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।
उनी साउन ९ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि सीईओ नियुक्त भएका हुन् । यस अघि उनी कम्पनी कै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।
प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १२:२८