जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्ब ४२ अर्बः नेपाल लाइफ अग्रस्थानमा, अन्य कुनको कति ?
९ साउन, काठमाडाैं । जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्ममा १ खर्ब ४२ अर्ब माथि कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार १४ जीवन बीमा कम्पनीहरुले एक वर्षमा १ खर्ब ४२ अर्ब ३० करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २६ प्रतिशत बढी रकम नेपाल लाइफ इन्स्योरेन्सले मात्रै संकलन गरेको छ । यस अवधिमा नेपाल लाइफले ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै अग्रता कायम गरेको छ । यो रकम जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २६.१२ प्रतिशत बढी हाे ।
त्यस्तै, दोस्रोमा एलआइसी नेपाल इन्स्योरेन्स रहेकाे छ । याे अवधिमा एलआइसीले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले याे अवधिमा १६ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ, हिमालयन लाइफले १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड २७ लाख र राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
त्यसैगरी, याे अवधिमा एशियन लाइफले ७ अर्ब १ करोड ४६ लाख रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ५९ करोड ४५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६३ करोड ६० लाख रुपैयाँ, मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ७५ करोड ५ लाख र रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
सबै भन्दा कम बीमाशुल्क आर्जन गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । प्रभु लाइफले याे अवधिमा २ अर्ब ५ करोड १९ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १७:२८