रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले लिए शपथ
९ साउन, काठमाडौं । रिलायन्स फाइनान्सको अध्यक्षमा कुश प्रसाद मल्लीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले मल्लीलाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् ।
कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले मल्लीलाई अध्यक्षमा निर्वाचित गरेकाे थियाे ।
प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १४:५५